Unity Khabar

अशिग्राम मन्दिर परिसरमा वृक्षारोपण

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–३ मा रहेको प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थान नजिकै रहेको अशिग्राम मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ।

शनिबार प्राज्ञिक विद्यार्थी परिषद नेपाल डडेल्धुराको आयोजनामा सो क्षेत्रमा वृक्षारोपण गरिएको हो।

अशिग्राम मन्दिर परिसर निर्माणाधीन घटालथान पार्कमा ८ प्रजातिका अमला, राजवृक्ष (आरग्बद), कागती ,तेजपात, देवदार, सतावरी, लिप्टिस, अमृता (गुडुची) लगाएतका ७० वटा वृक्षको रोपण गरिएको परिषदका डडेल्धुरा जिल्ला संयोजक सन्दीप महराले बताए।

प्राकृतिक सौन्दर्यतालाई सन्तुलन बनाएई राख्नको लागि तथा माटो हावा वातावरणलाई स्वच्छ बनाई राख्नका लागि वृक्षारोपण गरिएको उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...