Unity Khabar

निलकण्ठ आधारभूत विद्यालयले गर्यो सहयोगका लागि अपील

डडेल्धुरा : विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि डडेल्धुराको एक विद्यालयले आर्थिक सहयोगका लागि अपील गरेको छ। जिल्लाको अमरगढी नगरपालिका–३ मा रहेको निलकण्ठ आधारभूत विद्यालय लरडा कोटेउडाले सहयोगका लागि अपील गरेको हो।

निलकण्ठ आधारभूत विद्यालय २०३९ सालमा प्राथमिक विद्यालयका रुपमा स्थापना भएको र २०६७ देखि आधारभुत विद्यालयका रुपमा सञ्चालमा आएको थियो।

शैक्षिक गुणस्तरका लागि आर्थिक अभाव भएर अफ्ठ्यारो पर्न गएकोले सहयोगका लागि अपील गरेको विद्यालयका प्रधानाध्यापक दिपकसिंह भण्डारीले जानकारी दिए।

विद्यालयको शैक्षिक गुणस्तरका लागि निरन्तर लागि रहेको र अझै पनि शैक्षिक स्तरोन्नतिका लागि उल्लेख्य योगदान दिने लक्ष्य रहेको उनको भनाइ छ।

गत साउन २ गते शनिबारका दिन विद्यालयको सेवा क्षेत्रका सम्पुूर्ण शुभेच्छुकसँग छलफल गरेर विद्यालयले सो अभियान सञ्चालन गरेको हो। अहिले विद्यालयलाई धेरै ठाउँबाट सहयोग प्राप्त भइरहेको विद्यालयले जनाएको छ।

विद्यालयलाई सहयोग गर्न चाहनेले निलकण्ठ आधारभूत विद्यालय लरडा कोटेउडाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक डडेल्धुरामा रहेको खाता नम्बर ४०२०१००००७८०७०१० मा रकम जम्मा गर्न सकिने छ।

सम्बन्धित पाेष्टहरु
Loading...