Unity Khabar

९ घण्टापछि एकतर्फी रुपमा खुल्यो भीमदत्त राजमार्ग 

डडेल्धुराः पहिरोले अवरुद्ध भीमदत्त राजमार्गमा करिव ९ घण्टापछि एकतर्फी रुपमा खुलेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिबार बिहान ८ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।

सुदूरपश्चिमका सात पहाडि जिल्लाका एक मात्र राजमार्ग अबरुद्ध हुँदा सयौं यात्रु बीचबाटामै रहेका छन्। माथिबाट रुखसँगै ठूल्ठूला ढुंगाहरू सडकमा खसेका थिए।

पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको छ। सानो डोजर पठाएकोले पहिरो हटाउन समय धेरै लागेको बताइएको छ।

पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्गमा मोड सुधार योजनाले काम अगाडी बढेको छ।  वर्षातमा काम गर्दा राजमार्गमा दैनिक जसो पहिरो जाने गरेको छ। पहिरो र हिलाम्य भएकाले यो राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ।

राजमागृका  बीचमा ठूला–ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको छ। राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीले भने बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्रगतिमा काम नभएको जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...