Unity Khabar

बझाङमा सेती नदीमा हाम फालेर एक जना बेपत्ता

बझाङ :  बझाङ सेती नदीमा हाम फालेर बझाङका एकजना बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका –११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी हाम फालेर बेपत्ता भएका हुन्।

आइतबार बिहान करिब ७ बजे तिर उनले सेतीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन। जोशीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...