Unity Khabar

अलमुताइरीलाई एन्फाको आग्रह : राजीनामा फिर्ता लिनुस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ ।

एन्फा कम्प्लेक्समा प्रशिक्षक अलमुताइरीसँग भेट गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।

यसअघि नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका थिए।  उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन्।

यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन्।

No description available.

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...