Unity Khabar

नर्सको ड्रेससँगको त्यो माया !

माया प्रेम भन्ने बितिक्कै हामी सबैले सोच्ने भनेको केटाकेटीबीचको प्रेमलाई अर्थात् माया भनेर बढी बुझ्ने गर्छौ। तर, प्रेम भन्ने कुरा कति बेला कहाँ कोसँग हुन्छ? त्यो थाहा हुँदैन। आमा बुबासँगको प्रेम, दाजुभाई बीचको प्रेम, दिदी बहीनी बीचको प्रेमजस्तै कुनै बस्तुसँग पनि हुँदो रहेछ प्रेम। हुन त प्रेम भनेको दुई आत्माको मिलन हो। मानवीय जीवनको अन्तिम आनन्द र खुसी प्रदान गर्ने महत्वपूर्ण तत्व हो। मानिसहरुको अन्तिम खुसी नै प्रेम हो।

तर, ती नर्सको ड्रेससँगको मेरो प्रेम किन यस्तो भएको होला? नर्सहरू देख्ने बितिक्कै मेरो मनमा किन पलाउने गर्छ होला त्यो अर्कै खाले माया। जब म नर्सहरूको सेतो ड्रेस देख्छु नि मेरो मनमा धेरै नै माया लाग्छ, ती मान्छेहरु चिनेका हुन याँ नचिनेका हुनु उनीहरुले जब नर्सहरुको ड्रेस लगाउँछन् नि त्यसपछि मात्र हो मेरो मनमा मायाको टुसा पलाउने मप्रति उत्पन्न हुने अर्कै खालेको प्रेम।

विश्वका मानिसले प्रेमलाई अथ्र्याउन धेरै समय लगाइसकेका छन्। तर, खासमा प्रेम के हो? त्यो पत्ता लगाउन सकेका छैनन्। एदाकदा प्रेम झुठो हुन्छ तर जुठो हुँदैन। प्रेमका अनेकन हाँगाहरु हुन्छन्। समय र परिस्थितिहरुले हागाँहरु झार्छ र? पलाउनेमा परिणत गराइदिन्छ। तर प्रेमको जरा आयू रहेसम्म रहिरहन्छ। त्यसैले भनिएको होला ‘पहिलो माया भनेको पहिलो माया हो।’

‘खै त्यो नर्सको ड्रेससँग के सम्बन्ध छ मेरो। सायद तिमी त्यही क्षेत्रको मान्छे भएर होला। जो तिमी आज मेरो साथमा छैनौँ यदि भएको भए त त्यो ड्रेसको माया यति लाग्ने थिएन होला।’ जब कतै बाटोमा नै किन नहोस् नर्सको ड्रेसमा हिँडिरहेको कसैलाई देख्छु नि त्यो मान्छेको अनुहार अनि शरीरमा तिम्रो अनुहार अनि तिम्रो शरीर देख्छु। सायद हुनमा सबै त्यही माया भन्ने वाला चीज हो जस्तो लाग्छ।

आज तिमी मेरो साथमा छैनौँ अनि म तिम्रो साथमा छैन्। मेरो जस्तै बानी तिम्रो पनि भयो होला त? यो प्रश्नको जवाफ पाउन र नपाउनुले अर्थ त राख्दैन होला तर पनि मेरो मन नसोधि मानेन्। प्रेम विश्वास हो। जुन कुरा देख्न सकिदैन। मान्छेहरु आफू जस्तै अर्को मानिसको विश्वास गर्दैनन् तर अदृश्य, नाप्न, तौलन नसकिने कुराहरुको विश्वास गर्छ।

जीवन र प्रेमको परिभाषा पानिको कुलो जस्तै हुन्। पानिको कुलो जता लायो उतै बग्छ, उकालो बाहेक! विश्व शान्तिको कामनामा हिँड्ने गौतम बुद्धको अभियान अधुरो राख्ने यहि प्रेम हो। यस्तै अधुरो अनि अपुरो हुनका लागि हामीलाई पनि एक बनाएको रहेछ।

सयमको कमाल न हो। एकैसाथ, एउटै बाटो हिनीरहेका हामी कति बेला यो जीवनको बाटो फरक भयो हाम्रा लागि। साथीबाट सुरुवात भएको हाम्रो सम्बन्ध, त्यो पनि बालापनदेखिको साथी जस्तो। एउटै जगंलमा गाई बाख्रा चराएको जस्तो। तर, त्यस्तो साथी भने हामी पक्कै पनि होइन।

मैले पहिले भनेको शब्द फेरि भने ‘सयमको कमाल न हो।’ हामीलाई एक बनायो। जीवनमा आफ्नो भन्नु यो शरीर बाहेक अरु केही छन्। मानिस गल्तिहरुको भण्डार हो। मानिसले गल्तिहरुबाटै आफूलाई उत्कृष्ट जीवनको रुप दिएको हो। केही मनका चाहना र भावनाहरु। जीवनका बारेमा कति गन्थनहरु थिए। कति मन्थनहरु। यि सबै खुलस्त रुपमा बताउँदैमा हाम्रो लामो समय लगानी भइरहेको छ।

सायद तिम्रो र मेरो प्रेम अवैध भयो होला। यसो लखिरहँदा हाम्रो प्रेम कसरी अवैध भयो होला भनेर सोचिरहेकी छौँ होला। हामीले समयलाई छलेर आफन्तलाई छलेर। सारालाई छलेर। प्रेम गर्‍यौ अब यसरी छलेर गरिने प्रेम अवैध नभएर के हुन्छ? यसको उत्तर न त मसँग छ न त तिमीसँग।

आज हामी साथमा छैनौँ। तर पनि माया अनि यादहरुको भारीले भने हामीलाई दुःख दिइरहन्छ। उनी एक नर्सिङ पढ्ने केटी हुन्। त्यसैले गर्दा होला उनीलाई त्यो नर्सको ड्रेसमा देखेको भएर होला त्यो ड्रेससँग मेरो यस्तो किसिमको माया बसेको। यदि उनी नर्सिङ नपढेको भए अनि मैले उनीलाई त्यो ड्रेसमा नदेखेको भए त्यो ड्रेससँग मेरो केही माया पलाउने थिएन होला।

नर्स पेशा भनेको मानिसको जीवनलाई मृत्युको मुखबाट बचाएर उसलाई खुसी बनाउनु हो। जसको लागि उनीहरु रात दिन नभनि बिरामीको सेवामा खटिरहेका हुन्छन्। यसरी रातदिन नभनी खटिरहने नर्स दिदी बहिनीहरुलाई मेरो तर्फबाट सम्मान छ। साथै यस्तो अरुलाई जीवन प्रदान गर्ने पेशा अंगाल्ने मेरी उनीलाई पनि सम्मान छ। साथमा नभएपनि मनमा सधैं भइरहनेछौँ है प्यारो मान्छे।

सम्बन्धित पाेष्टहरु
Loading...