Unity Khabar

ओमानमा हुने सिरिजका लागि नेपाली टोली घोषणा, गुलसनसहित यी खेलाडीले पाए मौका

काठमाडौंः विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। गुलसन झा पहिलोपटक राष्ट्रिय क्रिकेट टिममा नेपाली परेका छन्। उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यसका साथै कुशल भुर्तेल, आशिफ शेखले पनि पहिलोपटक एकदिवसिसय टिममा स्थान बनाएका छन्। त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल र आशिफले एकदिवसीय टिममा स्थान बनाएका हुन्।

यस्तै, रोहितकुमार पौडेल र शरद भेषवाकरले पनि लामो समयपछि ‘कमब्याक’ गरेका छन्। तीव्र गतिका बलर विक्रम सोबले पनि एकदिवसीय टिममा पहिलोपटक स्थान बनाएका छन्।

यसअघि क्याम्पमा रहेका १९ खेलाडीमा कमलसिंह ऐरी र साहब आलमले स्थान बनाउन सकेनन्। नेपाली टिम भदौ ८ गते ओमान प्रस्थान गर्नेछ। त्यहाँ पुगेर केही दिन प्रशिक्षण गरेपछि नेपालले पीएनजीसँग दुई वटा एकदिवसिय सिरिज खेल्नेछ। जुन सेप्टेम्बर ५ र ८ तारिखमा हुनेछन्।

त्यसपछि नेपाली टिमले त्रिकोणात्मक सिरिजअन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्नेछ। लिगअन्तर्गत नेपालले यस अघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
कुशल भुर्तेल
आसिफ शेख

गुलशन झा
आरिफ शेख
कुशल मल्ल
विनोद भण्डारी
करण केसी
सोमपाल कामी
सन्दीप लामिछाने

पवन सर्राफ
अविनाश बोहरा
रोहित पौडेल
सुशन भारी
शरद भेषावकर
विक्रम सोव

टिम पदाधिकारी

मुख्य प्रशिक्षक : डेभ वाटमोर

व्वयस्थापक : मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने
ट्रेनर : राकेश काशिभाई गोहित

सम्बन्धित पाेष्टहरु
Loading...