Unity Khabar

राष्ट्रिय जनमोर्चा डडेल्धुराको अध्यक्षमा विक, ओलीको बिदाइ

डडेल्धुरा: राष्ट्रिय जनमोर्चा जिल्ला समिति डडेल्धुराको अध्यक्षमा चन्द्रदेव विक चयन भएका छन् । जिल्ला समितिको बैठकले विकलाई अध्यक्षमा चयन गरेको छ ।

बैठकले जिल्ला समितिका पदाधिकारी र सदस्यमा पनि हेरफेर गरेको जनमोर्चाले आइतबार पत्रकार सम्मेलनमार्फत् जनाएको छ । विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । विक यसअघि उपाध्यक्ष थिए ।

लामो समयदेखि जिल्ला अध्यक्ष पदमबहादुर ओली देश बाहिर रहेकोले उनले अहिलेसम्म संगठनमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै अध्यक्ष पदबाट बिदाइ गरिएको जनमोर्चा डडेल्धुराले जनाएको छ । उपाध्यक्षमा भोजराज अवस्थी चयन भएका छन् ।

यस्तै,जनमोर्चाले जिल्ला सचिव धनबहादुर बोहराले संगठन विरोधी गतिविधिमा संग्लन भएकाले पार्टीको साधारण सदस्यताबाट अनिश्चितकालका लागि निष्कासित गरिएको छ ।

जनमोर्चाले बोहराको स्थानमा रामचन्द्र धिक्तलाई सचिव चयन गरेको छ । सह–सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुवीर कामी चयन भएका छन् । सदस्यमा मानबहादुर ऐरी, गौतम खत्री, भीमदत्त जोशी, हरिस विक, कर्मराज जोशी, दलजित ऐरलगायत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका नाममा ‘अवैध’ भेला बोलाएको तथा फुटपरस्त गतिविधि गरेको भन्दै पार्टीका केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी, गोविन्द विकलाई साधारण सदस्यबाटसमेत निष्कासन गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिएका छन् ।

भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटकपटक संसद विघटन गरेकोले जनमोर्चा त्यसका विरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको बताएका छन् ।

प्रेस विज्ञप्ति :

सम्बन्धित पाेष्टहरु
Loading...