Unity Khabar

सुदूरपश्चिमका पहाडी जिल्लामा कक्षा १२ को प्रश्न पत्र मेलमार्फत् पठाइयो

डडेल्धुराः राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराले सुदूरपश्चिमका पहाडी जिल्लाका केन्द्रमा मेलमार्फत् प्रश्न पत्र पठाएको छ । कोरोना भाइरस माहामारीका कारण करिब चार महिना पछाडि धकेलएिको कक्षा १२ को वार्षिक परीक्षाको प्रश्न पत्र बोर्डले मेलमार्फत् पठाएको हो ।

कोरोना भाइरसका कारण प्रश्न पत्रहरु समयमा पुगाउन नसकेकाले मेलमार्फत् सम्बन्धित विद्यालयलाई प्रश्न पत्र पठाइएको हो । जसरी भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएपछि आफूहरूले प्रश्न पत्र मेलमार्फत् पठाएको राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार परीक्षा सुरु हुनभन्दा १० मिनेट अगाडि मात्र प्रश्नपत्र पठाइएको हो । आजबाट सञ्चालन भएको परीक्षको पहिलो दिन विद्यार्थीहरूले अंगे्रजी विषयको परीक्षा दिएका छन् । पहिलो दिनको परीक्षा शान्तिपूर्ण तरवबाट सम्पन्न भएको प्रमुख जोशीको भनाइ छ ।

परीक्ष बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो । वार्षिक परीक्ष असोज ८ गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष पनि विद्यार्थीहरूका लागि होम सेन्टर नै कायम गरिएको छ ।

सुदूरपश्मिका पहाडि जिल्लामा २ सय ६१ परीक्षा केन्द्र रहेका छन् । जसका लागि १५ हजार ३ विद्यार्थी फारम भरेका थिए । कूल २ सय ६१ कन्द्रमध्यक ७८ केन्द्रमा प्रश्न पत्र पुगिसका छन् भने बाँकी १ सय ८३ केन्द्रमा मेलमार्फत् पठाइएको प्रमुख जोशीले जानकारी दिए ।

सम्बन्धित पाेष्टहरु
Loading...