Unity Khabar

एमसीसी सम्झौता खारेज गनुपर्छ : उपाध्यक्ष रावल

डडेल्धुरा : नेकपा एमालका उपाध्यक्ष डा. भिमबहादुर रावलले अमेरिका सहयोग परियोजना एमसीसी सँगको सम्झौता खारेज गर्नु पर्ने बताएका छन्।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग बोल्दै रावलले एमसीसी सम्झौता नेपालको संसदबाट संसोधनसहित पारित नहुने हो भने खारेज गर्नु पर्ने बताएका हुन्।

No description available.

अमेरिकाले संसोधन नहुने बताएकाले अब खारेज हुने पर्ने नेता रावलको धारणा छ। ‘सम्झौतामा अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मानुपर्ने जस्ता बुँद्धाहरू नेपालको हितमा छैनन्,’ उनले भने, ‘एमसीए नेपालको कार्यालय नेपाल सरकारको अन्र्तगतको कार्यालय छैन्।’

एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई लक्षित गर्दै रावलले नेपालमा अमेरिकाले राजनीति गरेको बताए। एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई लक्षीत गर्दै उपाध्यक्ष रावलले नेपालमा राजनिती अमेरिकाले गरेको आरोप लगाए।

सम्बन्धित पाेष्टहरु
Loading...