Unity Khabar

डडेल्धुराको अमजयमेरुमा आँखा उपचार केन्द्र सञ्चालन

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन भएको छ । गाउँपालिका वडा नम्बर ३ भद्रपुर स्वास्थ्य चौकीसंगैको भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ ।

आँखा उपचार केन्द्रको शुक्रबार एक औपाचारीक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले उद्घाटन गरेका छन् ।

आँखाको अप्रेसन बाहेकका सबै सेवा यो आँखा उपचार केन्द्रमा उपचार हुने गाउँपालिका स्वास्थ्य शाखा सह सयोजक नन्दलाल चुनाराले बताए ।

अजयमेरुका नागरिकले आँखा चेकजाचँ तथा उपचारका लागि डडेल्धुरा र धनगढी जानु पर्ने बाध्यता थियो । अब गाउँपालिकाको केन्द्र भद्रपुरमै हुने भएका छन् ।

आँखाको उपाचार केन्द्र गाउँपालिकामै सञ्चालन भएकापछि त्यहाँका नागरिक हर्षीत रहेको स्थानीय कर्ण मल्लले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...