Unity Khabar

डडेल्धुरामा चाडपर्व लक्षित बजार अनुगमन सुरू

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । दशैतिहार तथा छड् पर्वमा अखाध्य वस्तु विक्री वितरण हुने भएकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समिती संयोजक प्रेमबहादुर खवासले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए

। सदरमुकामबाट सुरु गरेको बजार अनुगमन अन्य मुख्य व्यपारी केन्द्रमा समेत गर्ने योजना रहेको उनले बताए ।अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उद्योघ वाणिज्य संघ, खाद्य प्रविधी गुण नियन्त्रण कार्यालय, अन्तरीक राजस्व कार्यालय, कृषी ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र अमरगढी नगरपालिका स्वास्थ्य शाखा, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरु छन् ।

सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार र सलहरुको अनुमगन गरिरहेका छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी खवासले बताए । अखाध्य तथा म्याद नाघेका वस्तु व्यापारीले फिर्ता गर्ने भन्दै गोदाममा राख्ने र पछि गाउँघरका पसलमा बिक्री गर्ने समस्या अहिले पनि रहेको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...