Unity Khabar

बैंक अफ काठमाण्डुद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

डडेल्धुरा: बैंक अफ काठमाण्डु लिमिटेड डडेल्धुरा शाखाले डडेल्धुरा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। मंगलबार डडेल्धुरा अस्पताललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नागरिकहरु कोभिड–१९ को जोखिम मोलिरहेकाले स्वास्थ्य सामग्रीको प्रयोग गर्न उत्प्रेरणा जागोस भन्ने हेतुले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बैंक अफ काठमाण्डु डडेल्धुरा शाखाका शाखा ईन्चार्ज अमृता शाहले बताइन्।

बैंक अफ काठमाण्डु सुदूरपश्चिम प्रदेशका प्रमुख दिनेशबहादुर थापाले ७५ थान पिपिई, ७५ प्याकेट सर्जिकल मास्क, ७५ प्याकेट सर्जिकल ग्लप्स र २५ लिटर सेनिटाईजर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र अस्पतालका मेसु जगदिशचन्द्र विष्टलाई हस्तान्तरण गरेका हुन्।

बैंक क्षेत्रबाट अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गरि सहयोग गरेको प्रति डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले धन्यवाद व्यक्त गरेका छन् । कोरोना सक्रमित बिरामीदर कायमै रहेको बताउँदै अध्यक्ष ओझाले कोभिड न्यूनीकरणका लागी बैंक अफ काठमाण्डुको सहयोगले सकारात्मक सन्देश दिएको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...