Unity Khabar

अनुप विक्रमको ‘तिमी बिना बाँच्नै गाह्रो’ सार्वजनिक (भिडियोसहित)

डडेल्धुरा : सञ्चारकर्मी अनुप विक्रम मल्लले अभिनय गरेको प्रेम गीत ‘तिमी बिना बाँच्नै गाह्रो’ सार्वजनिक भएको छ। झण्डै आधा दर्जन बढी देउडा र दोहोरी गीतमा अभिनय गरिसकेका मल्लको प्रेम गीत शुक्रबार जय संगीत म्यूजिक प्रालिको युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

सुमन ताम्राकारको शब्द र सङ्गितमा सजिएको उक्त गीतमा गायक विश्व पुनले आवाज दिएका छन्। सञ्चारकर्मी मल्ल र पवित्रा साँकीले अभिनय गरेको गीतमा निर्देशन पनि ताम्राकारले नै गरेका छन् भने श्रीराम फिल्मसका प्रबन्धक अमित बिकले छाँयाङ्कन गरेका छन्।

डोटीको बुडरस्थित बुडर झर्ना र बैतडी जिल्लाको पाटन क्षेत्रका रमणीय ठाँउहरूमा छायाकंन गरिएको गीतको म्युजिक भिडियो अत्यन्तै स्टायलिस बनेको सुटिङ टिमको दाबी छ।

भिडियो :

https://www.youtube.com/watch?v=ud04iP5wTeU

 

 

सम्बन्धित पाेष्टहरु
Loading...