Unity Khabar

कुटाई खाने लेखापाल भन्छन् : मादक पदार्थ सेवन गर्नेलाई माफी दिएँ

डडेल्धुरा: अमरगढी नगरपालिकाका लेखापाल नरेश भट्टले आफूमाथि हातपात गर्ने सूचना अधिकारी लालबहादुर साउदलाई माफी दिएको बताएका छन्।

सूचना अधिकारी साउदलाई प्रहरीले छोडेपछि रेडियो युनिटीसँग कुराकानी गर्दै उनले मादक पदार्थ सेवन गर्नेलाई के गर्नु भनेर माफी दिएको बताएका छन्।

‘आजदेखि यस्तो गल्ती गर्दैन् भन्नुभयो। मैले माफी दिएँ,’ उनले भने।

साउदलाई शुक्रबार प्रहरीले मादक पदार्थ सेवन गरेर लेखापाल भट्ट र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय माथि हातपात गरेको आरोपमा पक्राउ गरेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...