Unity Khabar

बाजुरा जादै गरेको बस डडेल्धुरामा दुर्घटना

डडेल्धुरा : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।  जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।

सम्बन्धित पाेष्टहरु
Loading...