Unity Khabar

टी–२० विश्वकप : भारतविरुद्ध खेल्ने पाकिस्तानको बलियो टिम घोषणा

काठमाडौंः भारत र पाकिस्तानबीचको बहुचर्चित टी–२० विश्वकप खेलको प्रतीक्षाको अन्त्य हुन लागेको छ। आइतबार दुवै टोली आमनेसामने हुँदैछन्।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ। टी–२० विश्वकपको समूह ‘बी’ मा भारत र पाकिस्तानका टिमलाई एकसाथ राखिएको छ।

भारतविरुद्धको यो महत्वपूर्ण खेलका लागि पाकिस्तानले आफ्नो सम्भावित–१२ टोलीको घोषणा गरेको छ। शनिबार बाबर आजमको कप्तानीमा पाकिस्तानले टिम घोषणा गरेको हो।

यस खेलका लागि पाकिस्तानले अनुभवी खेलाडीलाई प्राथमिकता दिइएको छ। दुबईको पिचलाई ध्यानमा राखी टिममा अधिकतम स्पिन बलिङ विकल्प राखिएको छ। हसन अली, इमाद वसीम, शादाब खान, शोएब मलिक, मोहम्मद हफीज र फखार जमानलाई टिममा समावेश गरिएको छ।

जसले सन् २०१७ मा भारतविरुद्ध च्याम्पियन्स ट्रफी फाइनल खेलेका थिए। हफिज, शोएब, इमाद र शादाबले टिमलाई स्पिनर बलिङ गरेका छन्। यो टी–२० विश्वकपमा भारत र पाकिस्तानको छैटौं खेल हुनेछ।

यसअघि खेलेका पाँचवटै खेलमा भारतीय टोलीले पाकिस्तानलाई हराएको छ। यसमा टी–२० विश्वकप फाइनल खेल पनि समावेश छ। जहाँ भारतीय टिमले उपाधि जितेको थियो।

भारतविरुद्ध खेल्ने पाकिस्तान टिम

बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, हैदर अली, इमाद वसीम, शादाब खान, हसन अली र शाहीन शाह अफ्रिदी।

सम्बन्धित पाेष्टहरु
Loading...