Unity Khabar

ब्याडमिन्टन प्रतियोगिताकोे उपाधि देउवालाई

डडेल्धुराः डडेलधुरा अस्पताल आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको सिङल तर्फको उपाधि मोहनबहादुर देउवाले हात पारेका छन्।

आइतबार भएको फाइनल खेलमा देउवाले महेशराज जोशीलाई पराजित गर्दै उपाधि हात पारेका हुन्। ब्याडमिन्टन प्रतियोगिताको सिङल तर्फ द्वितीय महेशराज जोशी र तृतीय डा. विजय श्रेष्ठ भएका छन्।

यस्तै, प्रतियोगिता अन्र्तगत डबल तर्फको उपाधि त्रिमल साउद र खगेन्द्र बुढाएरले हात पार्न सफल भएका छन्। द्वितीय प्रकाश देउवा र हरिप्रसाद भट्ट र तृतीय मोहनबहादुर देउवा र रमेश बोहरा भएका छन्।

शुभ दिपावलीको २०७८ को पावन अवसरमा सञ्चालित भएको ब्याडमिन्टन प्रतियोगितामा १६ जनाको सहभागीता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...