Unity Khabar

डडेल्धुराको अधिवेशन पुनः गर्न माग गर्दै निर्वाचन समितिमा उजुरी

डडेल्धुरा: कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अधिवेशन अवैध रहेको दाबीसहित निर्वाचन समितिमा उजुरी परेको छ। डडेलधुराका कांग्रेस सभापति कर्ण मल्लले निर्वाचन समितिमा उजुरी दिएका हुन्। क्रियाशील सदस्यता विवाद समाधान नहुँदै एक पक्षीय अधिवेशन गरेको उल्लेख गदै पुनः अधिवेशनको माग गरिएको छ।

जिल्लामा १० दिन अनसन बस्दा नेतृत्वले सुनुवाइ नगरेपछि डडेल्धुराका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा अनसन बसिरहेका छन्। मंसिर १ गते देखि मल्लको नेतृत्वमा अनसन जारी छ। संस्थापनइतरका नेता कार्यकर्ता अनसन बसिरहेकै बेला निर्वाचन समितिले प्रदेश निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन गराएको छ।

मंसिर ३ मा प्रदेश सभा क्षेत्रको अधिवेशन गरिएको थियो। सोमबार जिल्ला नेतृत्वका लागि अधिवेशन हुँदैछ। सभापति देउवा निकट भीमबहादुर साउदले जिल्ला सभापतिमा एकल उम्मेदवारीको मनोनयन गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...