Unity Khabar

डडेल्धुरा काँग्रेसको सभापतिमा साउँद प्यालनसहित निर्वाचित

डडेल्धुरा: काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्। साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए।साउँद पर्शुराम नगरपालिकाका मेयर पनि हुन्। यस्तै उपसभापतिमस लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।

यस्तै उपसभापतिमा लक्ष्मीप्रशादअवस्थी र डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयीभएका छन्।उपसभापति द्वय निर्विरोध निर्वाचित भएका हुन भने सचिव पदमा भने निर्वाचन भएको थियो । सचिवमा चटौत र भण्डारी विजयी भएका छन्।  यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्विरोध निर्वाचितभएका छन्।
यसैविच सर्वसम्मत निर्वाचित हुनेहरुमा खुला सदस्यमा अमरगढी नगरपालिका बाट दुर्लभ सिंह झुकाल, हरि प्रसादअवस्थी र विस्नादेवी गैराल, परशुरामन गरपालिकाबाट अर्जुन सिंह साँउद, दलबहादुर साँउद र बसन्ती देवी पाण्डेय, आलिताल गाँउपालिकाबाट प्रेम बहादुर पातली र गोमती देवीबोहरा, भागेश्वर गाँउपालिकाबाट उपेन्द्र जोरा र शान्तीदेवी जैशी, अजयमेरु गाँउपालिकाबाट रामबहादुर बिष्ट र ईश्वरी चन्द, नवदुर्गा गाँउपालिकाबाट नरबहादुर बिष्ट र उत्तरा रोश्यारा, गन्यापधुरा गाँउपालिकाबाट चन्द्रादेवी बिष्ट रहेका छन् ।

यसैगरि महिलाखस आर्य तर्फ पशुरपति कुमारी बोहरा, जला बिष्ट बोगटी, बसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत निर्वाचित भएका छन् । दलित महिला सदस्यमा दिपा कामी सर्वसम्मत भएकी छन् भने जनजातीतर्फ बसन्ती देवीथापा सर्वसम्मत निर्वाचित भएकी छन् । यसैगरि डडेल्धुरा जिल्ला बाट महाधिवेशनप्रतिनिधीमा आरजूराणा देउवा सर्वसम्मत चयन हुनु भएको छ । खुला महिलाबाट राणासहित ४ जनामहिला सर्वसम्मत महाधिवेशन प्रतिनिधीचयन भएका छन् । सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवीबोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधीनि र्वाचित भएका हुन् ।

दलितमहिला समावेशी महाधिवेशन प्रतिनिधीमा हरिना देवीकामी र दलितपुरुष समावेसी महाधिवेशन प्रतिनिधीमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन् । समावेशी जनजाती महाधिवेशन प्रतिनिधीमा बलबहादुर गुरुङ र समावेशीअपाङ्ख अल्पसंख्यकतर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचनप्रतिनिधी तथा निर्वाचनअधिकृत लोकेन्द्र बहादुर बमले जानकारी दिएका छन् ।

कुल २४ जना महाधिवेशन प्रतिनिधीमा खुला महिला ४, दलित, जनजाती र अपाङ्खगरि ७जना सर्वसम्मत भए पनि खुला १० जनामा २१ जना, खसआर्य महिला ३ जनामा ४ र खसआर्य पुरुष ४ जनामा ६ जनाको उमेदवारी रहेको छ । महाधिवेशनप्रतिनिधीको मत गणना जारी रहेको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...