Unity Khabar

देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, अरू को को भए निर्वाचित (सूचिसहित)

डडेल्धुरा: प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। बमकाअनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो। देउवाले शतप्रतिशत मत भने पाएनन्।

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ।

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नवलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी विजयी भएका छन्।

यसैगरी डडेल्धुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा आरजूराणा देउवा सर्वसम्मत चयन भएकि छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन्।

दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन्।

समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ख अल्पसंख्यक तर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिए।

जिल्ला सभापतिमा साउँद विजयी

नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्।

साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए। साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन्। यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।

उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो। यस्तै, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित हुनेहरुमा खुला सदस्यमा अमरगढी नगरपालिकाबाट दुर्लभसिंह झुकाल, हरिप्रसाद अवस्थी र विष्नादेवी गैराल, परशुराम नगरपालिकाबाट अर्जुनसिंह साउँद, दलबहादुर साउँद र बसन्ती देवी पाण्डेय, आलिताल गाँउपालिकाबाट प्रेमबहादुर पातली र गोमतीदेवी बोहरा, भागेश्वर गाउँपालिकाबाट उपेन्द्र जोरा र शान्तिदेवी जैशी, अजयमेरु गाँउपालिकाबाट रामबहादुर विष्ट र ईश्वरी चन्द, नवदुर्गा गाँउपालिकाबाट नरबहादुर विष्ट र उत्तरा रोश्यारा, गन्यापधुरा गाँउपालिकाबाट चन्द्रादेवी विष्ट रहेका छन्।

यसैगरी महिला खस–आर्यतर्फ पशुरपति कुमारी बोहरा, जला विष्ट बोगटी, वसन्ती भण्डारी र लक्ष्मी पनेरु सर्वसम्मत चयन भएका छन्। दलित महिला सदस्यमा दीपा कामी सर्वसम्मत भएकी छन् भने जनजातितर्फ वसन्तीदेवी थापा सर्वसम्मत निर्वाचित भएकी छन्।

यस्तै, पुरुष खस–आर्यतर्फ कर्णबहादुर विष्ट, केशवबहादुर महता, रमेशबहादुर रावल, लोकबहादुर ऐर र हरिशमुकार महरा निर्वाचित भएका छन् ।

दलित सदस्यतर्फ गंगी सार्की र सञ्जय जैरू निर्वाचित भएका छन्। अपाङ्ख अल्पसंख्यक सदस्यतर्फ करण सिंह ठगुन्ना विजयी भएका छन्।

निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन। क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागि नभएको हो।

डडेल्धुरामा पुनःनिर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ। सोमबार मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...