Unity Khabar

डडेल्धुरामा ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’को जिल्ला समिति गठन

डडेल्धुरा: डडेल्धुरामा ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’ जिल्ला समिति गठन गरिएको छ ।

बुधबार जिल्ला सदरमुकाममा सम्पन्न भेलाबाट सागर ताम्राकारको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

सदस्यहरूमा कल्पना कैनी, भीम भूल, धनी कोली, रोशनी ताम्राकार, तीर्थ नेपाली, दीपक पार्की, राकेश दयाल, पारस साउँद र भरत रौकाल रहेका छन् । बाँकी ३ जना सदस्य पछि थपिने बताइएको छ ।

कार्यक्रममा मोर्चाका सचिव महावीर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश समिति संयोजक विजय विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...