Unity Khabar

गन्यापधुराका पहिरो पीडितलाई खाद्यान्न र पाल वितरण

डडेल्धुरा: डडेल्धुराका पहिरो पीडितलाई खाद्यान्न र पाल वितरण गरिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–२ का पहिरो पीडितलाई खाद्यान्न र पाल वितरण गरिएको हो।

असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाले क्षति गरेका २ परिवारलाई खाद्यान्न र १० परिवारलाई पाल वितरण गरिएको नेपाली काँग्रेस गन्यापधुरा गाउँपालिका–२ का सभापति रमेश मालीले बताए।

पहिरो पीडितलाई केही हदसम्म सहयोग होस् भनेर खाद्यान्न र पाल वितरण गरिएको सभापति मालीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...