Unity Khabar

डडेल्धुरामा पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

डडेल्धुरा: डडेल्धुरामा पनि शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

जिल्लाको गन्यापधुरा, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकाकामा विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।

तीन वटै पालिकाका बौद्धिक र बहिरा स्रोत केन्द्रमा शैक्षिक सामग्री समेत वितरण गरिएको डम्बरी भट्टले बताइन् । वक्तृत्व कला प्रतियोगिता, हिसाव दौड प्रतियोगिता गरि पुरुष्कार वितरण गरिएको उनले जानकारी दिइन् ।

शिक्षक र विद्यार्थीलाई मोबाइल ट्याव समेत वितरण गरिएको छ । यस्तै जिल्ला अपाङ्ग कल्याण समितिमा डडेल्धुरामा पनि अपाङ्गता दिवस मनाइएको छ । १२ जनालाई ह्विल चियर, ८ जनालाई वैशाखि र ५ जनालाई श्रवण यन्त्र वितरण गरिएको छ।

‘समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर मनाइएको छ। नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।

सम्बन्धित पाेष्टहरु
Loading...