Unity Khabar

विष्ट बने नेकपा (एस) पाटन नगरपालिकाको अध्यक्ष

बैतडीः नेकपा (एकीकृत समाजवादी) पार्टी बैतडी पाटन नगरपालिकाको अध्यक्षमा लोकेन्द्र विष्ट चयन भएका छन्।

शनिबार भएको अधिवेशनले विष्टको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटि चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा र राम भूल, सचिवमा गणेश पन्त, सह–सचिवमा रितु भट्टराई, शिवराज भट्ट र हरिना भट्ट रहेका छन्।

अधिवेशनमा नेकपा (एस)का पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रीय सदस्य माया भट्ट, केन्द्रीय सदस्य नरेन्द्र बिष्ट, जिल्ला अध्यक्ष महादेव भट्टलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

नेकपा ९एस०ले अहिलेसम्म ६ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर पालिका कमिटी गठन गरिसकेको जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...