Unity Khabar

डडेल्धुरा जेसीजको एकदिने प्रशिक्षण र उम्मेदवार भेटघाट कार्यक्रम सम्पन्न

डडेल्धुराः डडेल्धुरा जेसीजको आयोजनामा आज एकदिने प्रशिक्षण कार्यक्रम र उम्मेदवार भेटघाट कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक तिर्थ पौडेलले डडेल्धुरामा प्रशिक्षण दिएका हुन्।

युवा नेतृत्व विकास र जेसीजको विषयमा प्रदान गरिएको प्रशिक्षणमा डडेल्धुरा जेसीजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको डडेल्धुरा जेसीज वर्ष २०२१ क अध्यक्ष गोविन्द बोहराले जानकारी दिए। डडेल्धुरा जेसीजको वार्षिक कार्यक्रम अन्र्तगत उक्त तालिम संञ्चालन गरिएको अध्यक्ष बोहराले बताए।

यसैबीच, नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवारको शाखा भ्रमण तथा स्वागत कार्यक्रम शनिबार डडेल्धुरामा सम्पन्न भएको छ।

डडेल्धुरा जेसीजका अध्यक्ष गोविन्द बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवंम् वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार लालमणी भण्डारी प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा नेपाल जेसीज वर्ष २००७ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तीर्थ पौडेल, त्रिभुवन नगर जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष बुद्धि प्रकाश शर्मा, डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ, पूर्वअध्यक्षहरू लालमणी पन्त, उत्तर बिष्ट, गणेशप्रसाद भट्ट, निवर्तमान अध्यक्ष वरुण पनेरुलगायत डडेल्धुरा शाखाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।

भेटघाट कार्यक्रममा उम्मेदवार भण्डारीले आफु अध्यक्ष पदमा निर्वाचित भएमा नेपाल जेसीजको भौतिक संरचना निर्माणदेखि अन्तराष्ट्रिय जेसीजका सम्पूर्ण कार्यक्रमहरु नेपाल जेसीजले संञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे।

तालिम दिने संस्थाका रुपमा रहेको नेपाल जेसीजमा पछिल्ला वर्षहरूमा तालिम दिने क्रम रोकिएको उल्लेख गर्दै उनले नेपाल जेसीजमा पुनः तालिम संचालन गर्ने संस्थाका रुपमा विकास गर्ने बताए।

सोही कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका लागि लालमणी भण्डारी योग्य र कुशल व्यक्ति भएकाले शाखाको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
Loading...