Unity Khabar

माओवादी केन्द्र डडेल्धुराद्वारा ७ वटै पालिकामा नयाँ नेतृत्व चयन

डडेल्धुरा: नेकपा माओवादी केन्द्र डडेल्धुराले ७ वटै पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको छ ।

डडेल्धरा जिल्ला संयोजक मानसिह मालका अनुसार अमरगढी नगरपालिकामा यादव ओझा अध्यक्ष, परशुराम नगरपालिका शेरसिह माल, नवदुर्गा गाउँपालिकामा धर्म बिक, गन्यापधुरा गाउँपालिका सुरेश शाहि र आलिलाल गाउँपालिकामा छवीलाल थापा मगर चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र अजमयैरु गाउँपालिका अध्यक्षमा गणेश पाण्डेय चयन भएका छन् । शनिबार राती सम्पन्न पालिका सम्मेलनले पाण्डेयको अध्यक्षतामा ५९ सदस्य पालिका कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्ष टिका बहादुर बिष्ट, मदन राज भट्ट र भोजबहादुर पाल चयन भएका छन् भने सचिवमा खडक सिह खडका, सहसचिव पार्वती भाट ऐर, र कोषाध्यक्ष प्रेम सार्की चयन भएको नवनिर्वाचीत अध्यक्ष पाण्डेयले बताए । ५२ वडामा माओवादी केन्द्रले वडा सम्मेलन सकेपछि पालिका सम्मेलन गरेको हो ।

सम्बन्धित पाेष्टहरु
Loading...