Unity Khabar

बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते

बैतडी: बैतडीमा सोमबार साँझ भएकाे जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। यस्तै छ जना घाइते भएका छन्।

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार थलीमा करिब ६ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटना परी मृत्यु हुनेहरूमा पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद विक,७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीया प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेकाे इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज राजेश शाहीले जानकारी दिए।

उनका अनुसार पाटन नगरपालिका-१ सकारकै ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दिपक भट्टराई,मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन्।

मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।

चालक पाटन-५ बसन्तपुरका खेमराज पाण्डेय फरार रहेकाे प्रहरीले जनाएकाे छ। कच्ची चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ।

सम्बन्धित पाेष्टहरु
Loading...