Unity Khabar

नेकपा (एस) गन्यापधुराको अध्यक्षमा अवस्थी चयन

गाउँपालिकाका सबै वडामा संयोजक र सचिव तोकिए

डडेल्धुराः नेकपा (एकीकृत समाजवादी) गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा दत्तराज अवस्थी चयन भएका छन् ।

सोमबार गाउँपालिका केन्द्र गणेशपुर सम्पन्न प्रथम भेलाले अवस्थीको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।

पालिका कमिटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद भण्डारी, प्रेमबहादुर साउँद, सचिवमा मुकुन्द भट्ट, उपसचिवमा शेरबहादुर विष्ट, पार्वती विक र नरेन्द्र विक छन् ।

यस्तै, भेलाले गाउँपालिकाको ५ वटै वडाको संयोजक तथा सचिव पनि चयन गरेको छ । वडा नम्बर १ को संयोजकमा रामचन्द्र जोशी, सचिव शिद्धराज अवस्थी, वडा नम्बर २ मा चेतराज पनेरु संयोजक, रमेश रावल सचिव, ३ मा श्यामबहादुर बोहरा संयोजक, अनिलकुमार शाही सचिव, वडा नम्बर ४ मा डम्बर देव भट्ट संयोजक, ठगी खत्री सचिव र वडा नम्बर ५ मा नवराज ओझा संयोजक, दुर्गा ओझा सचिवमा चयन भएको नेकपा एकृकित समाजवादी डडेल्धुराले जनाएको छ ।

नेकपा (एकृकित समाजवादी) का केन्द्रीय सदस्य तथा सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले दालाल पूँजीवाद तथा तानाशाही र व्यक्तिवाद हावी भएको पार्टीमा आफूहरुले छाडेको बताइन् ।

पार्टी फेरि एकता हुन्छ कि भनेर भ्रमपालेर बसेकालाई पार्टी एकता नहुने र छिटै एकृकित समाजवादीमा आउन आग्रह गरिन् । उनले एमाले ‘बा’ भन्नेहरूको मात्रै पार्टी रहेका आरोपसमेत लगाइन् ।

यस्तै नेकपा (एकृकित समाजवादी) का केन्द्रीय सदस्य डा.तारा जोशीले एमाले एक गुट तथा कम्पनी बन्दै गएकाले छुटै कम्युनिष्ट पार्टी निमार्ण गर्नुपरेको बताएका छन् । उनले अब कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट जाने भएकाले हातेमालो गर्ने सबैमा आग्रह गरेका छन् ।

नेकपा (एकृकित समाजवादी) डडेल्धुराले अहिले संगठन विस्तारलाई तीव्रता दिएको छ । जिल्लाभर यहीँ मंसिर महिनाभित्र संगठन विस्तार गरिसक्ने गरी नेता कार्यकता खटिएको प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले बताएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...