Unity Khabar

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, २ जनाको मृत्यु, ९९ घाइते

कैलाली:  कैलाली र कञ्चनपुरमा बिहीबार राति ८ बजेतिर आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन्।

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–२ पोल्ट्र स्थित फर्मको पर्खाल भत्किदा स्थानीय लाहनु डगौराको मृत्यु भएको र गोेदावरी नगरपालिका वडा नम्बर–८ जमुनाभाडीका ३१ बर्षे बिरबहादुर चौधरीको मृृत्यु भएको जिल्ला पहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश बहादुर डागीले बताए।

चौधरीले चलाई रहेको से १ प ५८२१ नम्रको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्पर संग ठोक्किदा मृत्यू भएको उनले बताए।

कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराकाअनुसार कैलालीमा ७६ जना घाइते भएका छन्। गंभिर घाइते भएका २ जनालाई कोहलपुर र २ जनालाई भारत रेफर गरिएको छ। बाँकीको कैलालीकै पदमा र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

६६ जना उपचार पछि घरफर्केका छन्। यसैगरि कञ्चनपुरमा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरिक्षक दिनेश आर्चायले बताएका छन्। २३ जना मध्य १५ जना घर फर्किसकेका छन् भने ८ जनाको सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ। हावाहुरीले सयौं रुख ढलेर ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। दर्जनौ विद्युत पोल ढलेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...