Unity Khabar

नेकपा डडेल्धुराका १३५ जिल्ला सदस्यद्वारा शपथ ग्रहण (फोटोफिचर)

डडेल्धुरा: नेपाल कम्युनिस्ट पार्टी नेकपा डडेल्धुराको १ सय ३५ जना जिल्ला कमिटी सदस्यले आइतबार शपथ ग्रहण गरेका छन्।

डडेल्धुरा सदमुकाममा शपथ ग्रहण कार्यक्रमको आयोजना गरी नेकपाका सुदूरपश्चिम प्रदेश इञ्र्चाज भीम रावलले जिल्ला कमिटी सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।

तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला कमिटीले पूर्णता भएको हो। डडेल्धुरामा पूर्व माओवादी केन्द्रले अध्यक्षसहित ६७ जिल्ला कमिटी सदस्य पाएको छ भने पूर्व एमालेबाट सचिवसहित ६८ जिल्ला कमिटी सदस्य पाएको छ।

तत्कालीन जिम्मेवारीको आधारमा जिल्ला कमिटी सदस्य बनाइएको नेता रावलले बताए। यस्तै विवादी रहेको नेकपा डडेल्धुराको सचिव पद वीरेन्द्र बस्नेतले पाउने भएका छन्।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष डा.तारा जोशीले सचिव पदमा नरहने भनी इञ्चार्जलाई निवेदन पेश गरेपछि वरियताका आधारमा बस्नेतलाई सचिव बनाउने सहमति भइसकेको ईञ्चार्ज रावलले बताए।

आइतबार शपथ ग्रहणमा उपस्थित हुन नसकेका जिल्ला कमिटी सदस्यहरुलाई जिल्ला अध्यक्षले सपथ ग्रहण गराउने अध्यक्ष मानसिंह मालले बताए। आइतबार नै नेकपा जिल्ला कमिटीको पहिलो बैठक बसेको छ।

शपथ ग्रहण कार्यक्रममा तत्कालीन माओवादीका सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट, प्रतिनिधिसभा सदस्य निरा जैरु, नेकपा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष कर्णबहादुर थापा, केन्द्रीय सदस्य विक्रम शाही, प्रदेश कमिटी सदस्य डा.तारा जोशी, भौतिक पूर्वाधार योजनामन्त्री पठानसिंह बोहरा, प्रदेश सदस्य गजेन्द्र शाही, ज्ञानु गैरे, कुन्ती जोशीलगायतका उपस्थिती रहेको थियो।

 

 

जिल्ला कमिटी सदस्यहरूको सूची :

 

सम्बन्धित पाेष्टहरु
Loading...