Unity Khabar

घाँसका लागि उपभोक्ता नै लगाउँछन् डडेलो

डडेल्धुरा : डडेल्धुराका सामुदायिक वनहरुमा डडेलो लाग्ने क्रम सुरु भएको छ । सुख्यायाम र गर्मी मौसम सँगै डडेल्धुराका करिव दर्जन बढि सामुदायिक र सल्लेरी वनहरुमा डडेलोे लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका त्रिसुल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन, कैलपालमाण्डौंका सामुदायिक वन र अमरगढी नगरपालिका १० राई नजिकको वनका तथा महाभारत र चुरे क्षेत्रमा समेत डडेलो लागेको छ । साथै जिल्लाका अन्य सामुदायिक र सरकारी वनहरुमा समेत डडेलोे लागेको वनकर्मीहरु बताउँछन ।

स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीको भनाई रहेको छ । सहायक वन अधिकृत जोशीले भन्छन– ‘चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डडेलो लाग्ने गर्छ ।’ उनले भने ‘नँया घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताहरुले आफैं डडेलो लगाउने गर्दछन ।’ निजी खोरिया , गजाल(घासकाट्नका लागि बनाईएको क्षेत्र )मा उपभोत्ताmले नयाँघासँका लागि आगो लागाउने गर्दछन् र त्यही आगो सुख्खा मौसमका कारण नियन्त्रमा ल्याउन नसक्दा वन विनास हुने गर्दछ ।’

गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्तालेनै आगो लगाउने तर अत्याधीक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकि वन विनास हुने सामुदायीक वन उपभोक्ता महासंघकी केन्दीय सदस्य कमला विस्टले बताइन । भिरालो भागमा भएका स्याउला सोत्तरमा लागेको आगो हावाका कारण नियन्त्रण गर्न नसकिने भएकाले धेरैजसोे भरखरै हुर्कीरहेका बुट्यान समेत विनास हुने गरेको उनले बताइन ।

डडेलो सम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनहरुमा डडेलो लागेको वन अधिकारीहरुको भनाई रहेको छ । सुख्खा मौसमका कारण सल्लेरी वनहरुमा आगो लाग्ने क्रम स्थानियबाटनै बढि हुनेगरेकोे रेन्जर धनबहादुर झुकालको भनाई छ ।
आगोलाई स्थानिय उपभोक्ताहरुले नियन्त्रण गर्न खोज्दा खोज्दै पनि लामो खडेरीका कारण र वाक्लो स्याउला सोत्तरले गर्दा आगो निभाउन कठिन हुने गरेको कालापाथ्थर सामुदायिक वन उपभोक्ता समितीले बताएको छ ।

हरेक वर्ष गर्मी मौसममा डडेल्धुराका प्रायजसो सल्लेरी वन र अन्य वनमा डडेलोका कारण वन विनास हुदै गइरहेको छन । जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार जिल्लाको कुल भूभागको ७५ प्रतिशत भन्दा बढी क्षेत्रफल वनजङ्गल रहेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन जगंल रहेको छ । वर्षेनी डडेल्धुराका ५० प्रतिशत वढि वनमा डडेलो लाग्ने गर्दछ ।

सम्बन्धित पाेष्टहरु
Loading...