Radio Unity 92.2MHz

वैशाखमै स्थानीय चुनाव हुने, गठबन्धन सहमत

काठमाडौँ: सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ ।

बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको बुझियो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ,’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् ।

साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...