Radio Unity 92.2MHz

कलाकार तथा समाजसेवी सम्मानित

काठमाडौं: आफ्नो स्थापनाकाल देखि नै बिभिन्न समयमा राष्ट्रवादी गितको बिमोचन, कलाकार, समाजसेवी तथा बिभिन्न ब्यक्तित्वहरूलाई सम्मान कलाकार र पत्रकारबीचमा खेलकुद जस्ता कृयाकलाप गराउँदै आएको एक्टिभ ईन्टरटेनमेन्ट ले  प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा म्युजिकल प्रोगाम गरेको छ।

सम्मान कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने सबै विधाका प्राविधिक कलाकार तथा समाजसेवीरूलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागेले बताए। वर्ष भरि बिभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई आफ्नो संस्थाको तर्फबाट सानो मायाको चिनो दिन यो कार्यक्रम आयोजना गरीएको आयोजक संस्थाले जानकारी दिएको छ।

एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु रानाको शभापतित्व र नेपाली काँग्रसका बरिष्ट नेता तथा पूर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा तथा हेल्पिङ ह्याण्डस्का अध्यक्ष डा. राजेन्द्र कोईराला, ईमिटी बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र लम्साल, समाजसेवी टेकबमलगाएत अन्य कलाकार तथा पत्रकारहरूको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्लन कलाकार मोडल तथा सर्जक बिजेन्द्र नौबागेले गरेका थिए।

कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली, म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, म्युजिक भिडियो निर्देशक प्रकाश धिताल, सर्जक गोबिन्द भट्ट, मोडल तथा मिडियाकर्मी श्रेयाकार्की, गायक रूपक डोटेल, गायक तिलक बस्नेत, गायक एलिज एन्जल राई, ब्यवसायी तथा समाजसेवी राजुकार्की, कलाकार तथा समाजसेवी जानकी बज्रचार्य, निदेशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल, समाजसेवी दुर्गा लम्साल, गायक तथा सर्जक र मोडल मिलन बिष्ट, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई बिभिन्न विधामा प्रशंसनीय कार्य गरेको भन्दै पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ ले सम्मान समेत गरीएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य निर्देशक अमर वली ले राखेका थिए भने गायक रुपक डोटेल र तिलक बस्नेतले गित गाएर मनोरन्जन दिएका थिए। कार्यक्रममा शुभकामना मनतव्य राख्ने सबै बक्ताहरूले कलाकार तथा सर्जक राष्ट्रका गहना हुन् भन्दै यसको संरक्षण राज्यले गर्नु पर्ने धारणा राखे।

आफ्नो मनतव्य राख्ने क्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठले गित संगित र कलाकारीतालाई आफूले सदैब माया गर्ने भएकोले ब्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थित भएको बताए।

कार्यक्रममा बिभिन्न नृत्य तथा गितहरू पनि प्रस्तुत गरिएको थियो। कलाकार तथ सर्जक बिजेन्द्र नौबागले कार्यक्रम भब्य रूपमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फबाट हार्दिक आभार समेत ब्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।