देशभरी एमाले अगाडि, काँग्रेस र समाजवादी पछिपछि
डडेल्धुरा: बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणामा सार्वजनिक हुने क्रम जारी छ। स्थानीय चुनावअन्तर्गत सातवटा तहका नतिजा सार्वजनिक भएका छन् ।
सार्वजनिक विवरण अनुसार अहिलेसम्म एमालेले ३, कांग्रेसले २ र एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेका छन् ।
स्थानीय चुनावको मतगणना पनि जारी छ । जारी गणनामा कांग्रेसले ४३ वटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै एमालेले ३० तहमा अग्रता लिँदा माओवादी केन्द्रले १३ स्थानीय तहमा अग्रता लिएको छ ।
एकीकृत समाजवादीले १ र राप्रपाले २ स्थानीय तहमा अग्रता लिएको छ ।