देउवाको वडामा काँग्रेस भन्दा करुवा अगाडि
डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।
६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् ।
काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।