Radio Unity 92.2MHz

नवदुर्गामा तीव्र प्रतिस्पर्धा, काँग्रेस अघि, अरू पछिपछि

डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा काँग्रेले अग्रता कायमै राखेको छ।

मतगणना हुँदा काँग्रेसका उम्मेदवार लक्ष्मी अवस्थीले ३४८, नेपाली काँग्रेस विपीका उम्मेदवार गोकुल शाहीले २३२ र एकीकृत समाजवादीका कविन्द्र बिष्टले २०७ मत पाएका छन् भने माओवादी केन्द्रका धर्म बिकले २२८ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा काँग्रेसका उमेदवार निर्मला बिष्टले ४२९, नेकपा एमालेबाट वीरबहादुर बिष्टले ७७ र एकीकृत समाजवादीका चन्द्रा रुपालीले २१२ र माओवादी केन्द्रकी बिस्ना बोहराले २४७ मत पाएकी छन्।

अहिले वडा नम्बर एकको मत गणना भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।