Radio Unity 92.2MHz

आलितालमा खाल्टोमा गाडिएको अवस्थामा बालकको शव फेला

डडेल्धुराः डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्टोमा पुरिएको अवस्थामा शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडू नेतृत्वको प्रहरी टोली अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। बालक पुष १२ गतेदेखी बेपत्ता रहेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...