Radio Unity 92.2MHz

शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका २ दिन स्थानीय बिदा

दार्चुला : दार्चुलाका दुई स्थानीय तहहरुले दुई दिन स्थानीय बिदा दिएका छन् । राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुनमा धाममा लागेको जात्राको अवसरमा स्थानीय बिदा दिइएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले यही मंसिर १० गते आइतबार र ११ गते सोमबार बिदा रहेको जनाएका छन् ।

शैल्य मालिकार्जुन शिखर धुरामा आज पूजन जात्रा लाग्दैछ भने भोलि मालिकार्जुन मन्दिरमा जात्रा लाग्दैछ ।

हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् । स्थानीयहरुको उल्लासमय सहभागिता रहने भएकाले दुवै स्थानीय तहहरुले दुई दिन बिदा दिएको जनाएका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...