बैतडी: दार्चुलाको खलंगास्थित योगेन्द्र फेन्सी स्टोरका सञ्चालक बैतडीको दोगडाकेदार गाउँपालिका वडा न ४ पिपलकोट कपिन्ना घर भएका केशवराज भट्ट गएको पाँच दिनदेखी सम्पर्क विहिन भएका छन ।
भट्ट दार्चुलाको खलंगामा लामो समयदेखि व्यवसाय गर्दै आएका थिए। गत सोमबारदेखि सम्र्पक विहिन भएका भट्टको फोन स्वीचअफ छ। भने फेन्सी स्टोर र निवासमा ताला लगाइएको छ।
भट्ट सम्र्पक विहिन बनेपछि उनको परिवारले खोजी कार्यमा सहयोगका लागि अपिल गरेका छन। कसैले देखेमा नजिकको प्रहरी कार्यालय तथा परिवारलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।