डडेल्धुरा: कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न ‘सुदूरपश्चिम प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिता’मा डडेल्धुराले चार स्वर्ण पदक (गोल्ड मेडल) जितेको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाका दीपा विष्ट र सीता विष्ट तथा अमरगढी नगपालिकाका दीपेश साउँद र परशुराम नगरपालिकाकी सरस्वती ठगुन्नाले गोल्ड मेडल जितेका हुन्।
प्रतियोगितामा अमरगढी नगरपालिकाका कुशल ठकुराठीले रजत जित्दा अमरगढी नगरपालिकाकै सगुन अवस्थी र सिर्जना साउँद कास्य पदक हात पारेको प्रशिक्षक ओमप्रकाश पन्तले जानकारी दिए।
उनका अनुसार मंगलवारदेखि सुरु भई बिहीवार सम्पन्न भएको उक्त प्रतियोगितामा डडेल्धुराबाट १३ जना कराँते खेलाडी सहभागी भएका थिए।