डडेल्धुरा: बैंकर्स क्लब डडेल्धुराको नयाँ कार्यसमिति चयन भएको छ।
जिल्लामा रहेका विभिन्न बैंक सम्वद्ध कर्मचारीको आज सम्पन्न वार्षिक साधारणसभाबाट राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका शाखा प्रमुख प्रभुराज जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
चयन गरिएको समितिमा ग्लोबल बैंक डडेल्धुराका शाखा प्रमुख वीरेन्द्रकुमार शाही उपाध्यक्ष , कुमारी बैंककी मनिसा दियाल कोषाधक्ष्य, सिटिजन बैंकका हेमराज जोशी सचिव, सानिमा बैंक डडेल्धुराका क्षेत्र विक्रम शाही सह–सचिवमा चयन भएका छन्।
समितिको सदस्यहरूमा सन्तोश अवस्थी (नेपाल एसबिआई बैंक), ज्ञानेन्द्र भट्ट (एनआईसी एशिया बैंक), अर्जुन कुमार पन्त (सिद्धार्थ बैंक), रुपसिंह ऐर (एनएमबी बैंक), शैलेन्द्र अवस्थी (सिद्धार्थ बैंक) र धनबहादुर साउँद (नविल बैंक) रहेका छन्।
नयाँ चयन भएको कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ। २०७५ सालमा स्थापित बैंकर्स क्लब डडेल्धुराले जिल्लामा रहेका विभिन्न बैंकसँग आवद्ध कर्मचारीहरूको हकहितमा काम गर्दै आएको छ।