Radio Unity 92.2MHz

प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा १३ जनाको उम्मेदवारी दर्ता

डडेल्धुरा: प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलवार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पुगेर उनीहरूले मनोनयन दर्ता गएका हुन्। जसमा १० दल र स्वतन्त्र तीन छन्।

नेकपा (एमाले)बाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसबाट नैनसिंह महर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द खडायतले मनोनयन दर्ता गएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।

यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगरको उम्मेदवारी परेको छ।

डडेल्धुरामा तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जसमा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेती रहेको मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए।

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन्।

सम्बन्धित पाेष्टहरु
Loading...