Radio Unity 92.2MHz

अमरगढी र नवदुर्गामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए

डडेल्धुरा: डडेल्धुराका दुई स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको हो।

अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा कार्यरत उपसचिव लोकबहादुर रानालाई दिइएको छ।

यसअघि अमरगढीको प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मीप्रसाद उपाध्यायको मकवानपुरको मनहरी गाउँपालिकामा सरुवा भएको छ। उनको दरबन्दी भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको थियो।

यस्तै, नवदुर्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत दिलीप खड्कालाई पठाइएको छ।

नवदुर्गामा यसअघि इन्जिनियर महेन्द्र बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए। नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै दुवै स्थानीय तहको प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...