डडेल्धुरा: डडेल्धुरामा एक बालक मृत भेटिएका छन्।
अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घरदेखि करिब २०० मिटर टाढा रहेको सिँचाइ पोखरीमा बालक मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।