Radio Unity 92.2MHz

मनै लोभ्याउने बारिल झर्ना (फोटो फिचर)

डडेल्धुरा : बझाङ जिल्लामा रहेको बारिल झर्ना अहिले पर्यटको आकर्षण बन्दै गएको छ। जिल्ला सदरमुकाम चैनपुर देखि पाँच किलोमिटरको दुरीमा रहेको यो झर्ना सौन्दर्यताका हिसाबले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ ।

चारैतिर घना जंगलको बीचमा अवस्थित बारिल झर्ना प्राकृतिक रूपमा निकै शोभायमान भएता पनि यस झर्नाको प्रचारप्रसार भने अझै हुन सकेको छैन ।

सदरमुकामबाट उक्त झर्ना नजिकैको दुरीमा रहेकाले शनिबार तथा बिदाको दिन झर्नाको अवलोकन गर्नेहरूको भिड लाग्ने गर्दछ । बारिल झर्नालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधारहरू निर्माण गर्नु आवश्यक रहेको छ ।

केही तस्बीरहरु :

सम्बन्धित पाेष्टहरु
Loading...