Radio Unity 92.2MHz

राजबहादुरले सम्हाले गन्यापधुरा गाउँपालिकाको प्रशासनिक नेतृत्व

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजबहादुर सार्कीले कार्यभार सम्हालेका छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिकाबाट सरुवा भएर आएका सार्कीले बुधबार गन्यापधुरा गाउँपालिकामा हाजिर भई कार्यभार सम्हालेका हुन्।गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले सार्कीलाई खादा र माला लगाउनुका साथै डायरी र कलम दिएर स्वागत गरेका थिए।

स्थानीय तहमा नागरिकले पाउने सेवा सहज बनाउने, विकास निर्माणका कामलाई गति दिने र प्रशासनिक समन्वय प्रभावकारी बनाउने विषय उनको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्कीलाई गन्यापधुरा गाउँपालिकामा खटाएको हो।

सार्की यसअघि २०८० साउन ३२ गतेदेखि कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।
त्यहाँको अनुभवलाई गन्यापधुराको प्रशासनिक काममा उपयोग गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उनी लालझाडी गाउँपालिकामा रहँदा कुशल प्रशासकका रूपमा परिचित थिए।

सम्बन्धित पाेष्टहरु
Loading...