डडेल्धुराः खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति डडेल्धुराका अध्यक्ष रवीन्द्र केसीले आफ्नी स्वर्गीय आमाको नामबाट डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रुपियाकोे अक्षयकोष स्थापना गरेका छन्।
स्वर्गीय आमा हिरादेवी केसीको नाममा उनले विद्यालयमा ‘छात्रवृत्ति अक्षयकोष कोष’का लागि विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरलाई उक्त रकम हस्तान्तरण गरेका छन्।
विद्यालयका प्रधानाध्यापक ऐरले रकम ग्रहण गर्दै दिवंगत व्यक्तिले समाजसेवामा उच्च योगदान गरेको र अक्षयकोष स्थापनाले उनीहरुको नाम अमर रहने बताएका छन्। अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गरिनेछ।