डडेल्धुराः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित भएको छ। जस अनुसार डडेल्धुराबाट चार नेता केन्द्रीय सदस्य बनेका छन्।
खुलाबाट खगराज भट्ट, दलितबाट जगत पार्की तथा मन्जु बम र कुन्ति जोशी खस आर्यबाट केन्द्रीय सदस्य बनेका हुन्। भट्ट माओवादी केन्द्रका सुदूरपश्चिम इञ्जार्ज हुन्। नेता पार्की माओवादी केन्द्रका डडेल्धुरा इन्जार्च समेत हुन्। जोशी सुदूरपश्चिम प्रदेशसमभा सदस्य हुन्।