Radio Unity 92.2MHz

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी दर्ता गरिँदै

डडेल्धुराः आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने तयारी सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा उम्मेदवारी दर्ता स्थल तोकिएको छ।

सहायक निर्वाचन अधिकारी प्रेमराज भट्टले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयावधि रहेको बताए। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागी स्थानीय तहका प्रमुख तथा उप–प्रमुख र प्रदेशसभा सदस्यहरू मतदाता छन्। सुदूरपश्चिम प्रदेशमा २ सय २७ मतदाता रहेको बताइएको छ।

यो प्रदेशमा माघ १२ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश सभा भवन धनगढीलाई मतदान स्थल तोकिएको छ। राष्ट्रिय सभा सदस्यमा निर्वाचित तीन जनाको चार वर्षे कार्यालय पूरा भएपछि माघ १२ गते निर्वाचन हुँदै छ।

यसैबीच, राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धनका तर्फबाट नारायणदत्त मिश्र (कांग्रेस), गरिमा शाह (नेकपा एस) र जगत पार्की (माओवादी केन्द्र) उम्मेदवार छन्। यसैगरी नेकपा एमालेले डिल्लीराज भट्ट, सन्तोष कुमारी थापा शर्मा र नरेशबहादुर विकलाई उम्मेदवार बनाएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला, दलित, खुलातर्फ गरी तीन सदस्यका लागि निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।